अधिक वजन घटाउन प्रहरीलाई आग्रह « Khabarhub

अधिक वजन घटाउन प्रहरीलाई आग्रह


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ ।

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएको हो ।

उनले पबढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताए।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले आज गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई ९व्यायाम० लाइनमा स्थानान्तरण गरिनुपर्छ ।”

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गरेका छन् ।

विजले लेखेका छन्, “अधिक तौल भएका सबै प्रहरी अधिकारी÷कर्मचारीहरूलाई प्रहरी लाइनमा स्थानान्तरण गरियोस् र उनीहरूलाई ड्युटीका लागि उपयुक्त नहोउन्जेल व्यायाम गर्न लगाइयोस् ।”

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  १० : १६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर