यूईएफए नेसन्स लिगको उपाधि स्पेनलाई « Khabarhub

यूईएफए नेसन्स लिगको उपाधि स्पेनलाई


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । 

जर्मनीमा गए राति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरबाट ५–४ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल निस्कन सकेन । 

निर्धारित र अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो ।

स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो । स्पेनले पछिल्लो पटक सन् २०१२ मा युरोकप जितेको थियो ।

यसअघि गए राति नै भएको अर्को खेलमा नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ५४ बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले