आदिपुरुष विवाद : आजदेखि काठमाडौंमा हिन्दी सिनेमा नचल्ने « Khabarhub

आदिपुरुष विवाद : आजदेखि काठमाडौंमा हिन्दी सिनेमा नचल्ने


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजदेखि काठमाडौँमा हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने भएका हुन् ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन महानगरले गरेको आग्रहलाई बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाले महानगरभित्रका हलमा सो चलचित्र चल्न रोक लगाएको हो । 

मेयर साहले देश भित्रका अन्य क्षेत्र र विदेशमा पनि सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म सिनेमा प्रदर्शनमा निषेध गरिएको बताए । 

उनका अनुसार नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

उनले भनेका छन्, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’ 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : २८ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ