पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा रोक | Khabarhub Khabarhub

पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा रोक


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा पनि आजबाट हिन्दी सिनेमा प्रदर्शनमा रोक लगाइएको छ ।

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो ।

पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै आजबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

‘नगरप्रमुख धनराज आचार्यले जारी गरेको पत्रमा दक्षिण भारतीय चलचित्र  ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा कुनै पनि भारतीय सिनेमा प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ भनी उल्लेख गरिएको छ ।

यो प्रतिबन्धसँगै पोखरा महानगरभित्रका बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा कुनै पनि हिन्दी सिनेमा प्रदर्शन हुने छैन ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३९ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ-  नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ

जनताको आश टालामा, नेताको ध्यान मालामा

काठमाडौं – ‘सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी

एमाले पदयात्रा आज बागलुङ पुग्ने

काठमाडौँ– नेकपा (एमाले)ले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ (पाँचथर)’ बाट

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी