एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता « Khabarhub

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न चौधरी आज विहान बालकोट पुगेका थिए ।

भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । 

एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा रेशमलाई अन्याय भएको बताएको रेशमको भनाइ छ । 

सो क्रममा ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए । उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के–कस्ता यातना दिएको थियो भन्ने कुरा स्मरण गरेको चौधरीले बताए । 

गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर रिहाइ भएका चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको