पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता | Khabarhub Khabarhub

पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् ।

आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय केशरबहादुर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको जानकारी दिए ।

त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका छन् । वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिए ।

उनका अनुसार पहिरोमा गम्भिर घाइते भएका राजकुमार राईलाई उपचारका लागि लैजानसमेत समस्या भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ११ : ४७ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना