झापा र इलामका दुग्ध किसानलाई अनुदान रकम वितरण « Khabarhub

झापा र इलामका दुग्ध किसानलाई अनुदान रकम वितरण


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर-१२ धाइजनमा रहेको रीतिका डेरी उद्योगले दूध उत्पादन गर्दै आएका झापा र इलामका किसानलाई ४७ लाख १८ हजार अनुदान रकम वितरण गरेको छ ।

दूध उत्पादन गरी डेरीलाई बिक्री गर्दै आएका किसानलाई व्यावसायिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतिलिटर चारका दरले तीन हजार छ सय घरधुरीलाई छ महिनालागि अनुदान वितरण गरिएको उद्योगका सञ्चालक राजन चिमरियाले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेश सरकारअन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि प्रति लिटर दुई अनुदान उपलब्ध गराएकामा उद्योगका तर्फबाट दुई थप गरी प्रतिलिटर चार अनुदान वितरण गरिएको छ ।

उद्योगले चालु आर्थिक वर्ष २०७९-८० को साउनदेखि पुससम्मको अवधिमा ग्रामीण किसान, सहकारी संस्था, चिस्यान केन्द्र, गाईफार्म र दुग्ध उत्पादन समूहबाट २४ लाख लिटर दूध संकलन गरेको जनाएको छ । 

‘चालु आवको साउनदेखि पुससम्मका लागि अनुदान वितरण गरेका छौंँ,’ चिमरियाले भने, ‘जेठ महिनाको दूध संकलन अभिलेख अद्यावधिककार्य सकिनासाथ यसै महिनामा थप छ महिनाको अनुदानसमेत किसानको हातमा पुर्‍याउँछौंँ ।’

दैनिक ३० हजार लिटरसम्म दूध संकलन गर्दै आएको रीतिका डेरी उद्योगले झापा र इलामका किसानबाट दुध खरिद गर्दछ । संकलीत दूधलाई अत्याधुनिक प्रविधिमार्फत प्रशोधन गरी झापा, इलाम, सुनसरी, मोरङलगायत कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्दै आएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले किसानले उत्पादन गर्ने दूधको आधारमा अनुदान दिँदा वास्तविक किसान लाभान्वित भएको बताए। उनले किसानको हितमा कुनै कार्यक्रम नआएको बेला गोठगोठमै पुगेर साना किसानलाई अनुदान वितरण गर्नु उदाहरणीय कार्य भएको बताए। दुग्ध उत्पादनमा क्रियाशील किसानलाई व्यवसायी बनाउँदै थप उत्पादनका लागि प्रोत्साहनस्वरुप कोशी प्रदेश सरकारले चालु आवमा किसानका लागि अनुदानकार्यक्रम ल्याएको हो । 

प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापामार्फत दूध उत्पादक किसानको विवरण प्रमाणित गरेपछि अनुदान रकम निकासा गरिएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिए ।

उनका अनुसार जिल्लामा धेरै डेरी उद्योग सञ्चालनमा भए पनि रीतिका डेरी उद्योगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा र कोशी प्रदेश सरकारसँग समन्वय गरेर किसानलाई अनुदान वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको हो । 

दूध उत्पादक किसान योगेन्द्र खनालले गाई पालेर दूध बेच्दा पनि यसरी अनुदान पाइन्छ भन्ने कुरा किसानको कल्पना बाहिरको विषय भएको जनाउँदै निर्वाहमुखी पशुपालन गर्दै आएका आम किसान हातहातै अनुदान पाउँदा व्यावसायिकतातर्फ अग्रसर बन्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : २५ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका