उच्च तापक्रमका कारण मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान  « Khabarhub

उच्च तापक्रमका कारण मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

लामो समय पानी नपर्दा मकैका बोट सुकेका छन् । केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार जिल्लामा छ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा मकैको खेती गरिएको छ । सिँचाइको व्यवस्था नभएको र उच्च तापक्रमका कारण पराग कण नष्ट हुँदा उत्पादन घट्ने उनको भनाइ छ ।

गत वर्ष जिल्लामा २६ हजार चार सय ७४ मेट्रिकटन मकै उत्पादन भएको थियो भने यो वर्ष उत्पादन १८ हजार पाँच सय ३१ मेट्रिक टनमा सीमित हुने केन्द्रको अनुमान छ ।

जिल्लामा रामपुर कम्पोजिट, सिपी र श्रेष्ठ जातका मकै लगाइँदै आएको छ । भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकामा मकै खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ०२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित