हुम्लामा जीप दुर्घटना हुँदा घाइते चालकको मृत्यु « Khabarhub

हुम्लामा जीप दुर्घटना हुँदा घाइते चालकको मृत्यु


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भीरबाट जिप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर-२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२५ नम्बरको जिप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो ।

 प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जिपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जिपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ । 

जिप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रममा उनी सख्त घाइते भएका थिए । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ५२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर