बरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ « Khabarhub

बरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

रौतहट– ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका-८ जयराजपुर बस्ने ४६ वर्षीय एजाजुल साइ फकिरलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-८ जयराजपुरस्थित झुपडी घरमा ती नाबालिकालाई गत जेठ २८ गते दिउँसो फकिरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी रौतहट, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वृन्दावन नगरपालिका-१ बस्ने ५० वर्षीय किशोरी राउतलाई  प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय मेडिकलमा औषधि लिन गएको अवस्थामा ती किशोरीलाई राउत र सोही ठाउँ बस्ने १९ वर्षीय लालु जैसवाल समेतले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी विश्रामपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो । 

साथै घटनामा संलग्न हाल फरार जैसवालको प्रहरीले खोजी गरिरहेको छ । 

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ०८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा