सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम : अर्थमन्त्री  | Khabarhub Khabarhub

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम : अर्थमन्त्री 


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् ।

आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका हुन् । उनले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताए । सरकारले आगामी आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा कुल बजेटको १७ दशमलव २५ प्रतिशत बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा महतले मौद्रिक नीति र अर्थ नीतिमा सरकारले सुधार गर्दै जाने बताएका छन् । उनले आगामी आवको बजेट कसैको दबाब र प्रभावमा नपरी बनाएकाले जनतामुखी भएको समेत दाबी गरे । उनले विराटनगरको चक्रपथ निर्माणमा सरकारले ध्यान दिने भन्दै उद्योग, व्यापार एवं व्यवसाय प्रवर्द्धनमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा पूर्वरक्षामन्त्री डा. मीनेन्द्र रिजालले कुनै समयमा पहिलो नम्बरमा रहेको विराटनगर सहरमा उद्योग र व्यापार फस्टाउन नसक्दा पछि परेको बताए। उनले विराटनगर र यस आसपासका क्षेत्रको विकासका लागि विराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु आवश्यक रहेको भनाइ व्यक्त गरे । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरका लागि सरकारले यथोचित बजेट विनियोजन गर्नुपर्ने माग गरे । सो अवसरमा मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योगीहरू भीम घिमिरे, शंकर अग्रवाल, नन्दकिशोर राठी र प्रकाश मुन्दडाले आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : १२ बजे

यू-१९ एसिया कपः आज दुई खेल हुँदै, नेपाल र भारतको प्रतिस्पर्धा भोलि

काठमाडौं – शुक्रबारदेखि सुरु भएको एसिसी यू–१९ एसिया कप अन्तर्गत

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २५ गते) सोमबारका

आज शतबीज छरिँदै : यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा

काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष