'मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याउनुपर्छ' | Khabarhub Khabarhub

‘मुलुकको अन्तर्राष्ट्रिय छवि विश्वसनीय तुल्याउनुपर्छ’


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द लिङ्देनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रबिन्दुमा राखेर मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले छिमेकी र विदेशीसँग कुरा गर्दा कोही रिसाउँछन् कि भन्ने कमजोर मानसिकताका आधारमा नभइ मुलुकको स्वाभिमान र प्रतिष्ठालाई ध्यान दिएर गर्नुपर्ने बताए । उनले कूटनीतिक क्षेत्रमा नियुक्ति गर्दा राजनीतिक रुपमा गर्ने परम्पराको अन्त्य गर्न परराष्ट्र मन्त्रालय गम्भीर हुनुपर्ने बताए ।

रासायनिक मलको बर्सेनि अभाव हुने समस्या अन्त्यका लागि स्वदेशमै मल कारखाना स्थापनाका लागि लगानीकर्तालाई प्रबर्द्धन गर्नुपर्ने सांसद लिङ्देनको भनाइ थियो । उमेर पुगेर पनि नेपाली नागरिकले नागरिकता नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।  

‘बाबुआमा नेपाली भएर पनि नागरिकताविहीन हुने अवस्था विडम्बनापूर्ण छ’, सांसद लिङ्देनले भने, ‘यस्तो अवस्था हुनुहुँदैन । नागरिकतासम्बन्धी नयाँ विधेयक अहिलेको संसद्मा ल्याइओस् । हामी छलफल गरेर छिटो पारित गर्न तयार छौँ ।’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ३६ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली