फाइल फोटो

राजनीति

राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान सांसद पन्तको आग्रह

By खबरहब

June 19, 2023

काठमाडौँ– नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह गरे ।

उनले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विश्व समुदायमा बोल्न पछि पर्न नहुनेमा जोड दिँदै विदेशस्थित नेपालका कूटनीतिक नियोगलाई पुनरावलोकन गरी प्रभावकारीरूपमा सञ्चालन गर्न माग गरे ।