पुनः बस्ने निष्कर्षसहित सकियो सङ्घर्ष समितिसँगको वार्ता « Khabarhub

पुनः बस्ने निष्कर्षसहित सकियो सङ्घर्ष समितिसँगको वार्ता


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच भएको वार्ता सकारात्मक भएको छ । वार्तापछि कुरा गर्दै सरकारकातर्फबाट वार्ता समितिका संयोजक तथा खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले आगामी दिनमा फेरि बैठक बस्ने गरी आजको वार्तामा सहमति भएको जानकारी दिए ।

वार्ताका क्रममा विषयवस्तुमाथि छलफल तथा आगामी दिनमा सहमतिमै निरन्तर वार्ताको वातावरण बनाउने निष्कर्ष निकालिएको उनको भनाइ छ । पुनःनामकरण संयुक्त सङ्घर्ष समितिका वार्ता सदस्य एवं पहिचानसहितको प्रदेश नं १ पुनःनामङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्वाङले सरकारसँगको पहिलो पटक भएको वार्तामा विषयवस्तुमा प्रवेश गर्नुका साथै हार्दिकतापूर्ण सम्पन्न भएको बताए ।

उनले वार्तालाई निष्कर्षमा पुर्‍याउन आगामी दिनमा पुनः वार्तामा बस्ने निर्णय भएको जानकारी दिए । स्थानीय बिग होटलमा चार घण्टा बसेको वार्तामा संयोजक मन्त्री मेयान्ङ्बो, उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी थिए ।

बैठकमा सङ्घर्ष समितिका तर्फबाट नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय समितिका अध्यक्ष गेल्जे शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात राई यायोक्खा केन्द्रीय समितिका उपाध्यक्ष युवराज राई, किराँत राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको सहभागिता थियो ।

त्यसैगरी, किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द आङवुहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जवेगु, पहिचान सहितको प्रदेश नं १ पुनःनामङ्कन अभियानका महासचिव रामभक्त कुरुम्बाङ, नेपाल लिम्बू सङ्घका अध्यक्ष कृष्ण चोङ्वाङ्, नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा पनि बैठकमा सहभागी थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : ३६ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।