बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन | Khabarhub Khabarhub

बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदीय समितिले हालै आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रको लगत संकलन गरी आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकले बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिन र प्रभावित क्षेत्रको लगत संकलन गरी आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले बाढी र पहिरोका कारण अवरुद्ध सडकखण्ड सुचारु गर्नका लागि मर्मत सम्भारलाई अघि बढाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रभावित क्षेत्रमा सेना, सशस्त्र र प्रहरी पुगेर उद्धार कार्य गरेको र अवरुद्ध सडकहरु पनि खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

त्यस्तै मन्त्री ज्वालाले आफ्नो मन्त्रालयगत बजेटका बारेमा जानकारी दिदै मुख्य सडकहरु निर्माणका लागि बजेट नघटाएको दाबी गरे । उनले आयोजनाहरुलाई छिटो काम गर्नका लागि कार्ययोजना बनाएर जाने र बिनातयारीका आयोजनाहरुको मन्त्रालयबाट टेन्डर नहुने स्पष्ट पारे ।

उनले तयारी भएका योजनाहरु आर्थिक वर्ष सुरु हुनेबितिकै सुरु गर्ने र जेष्ठ मसान्तसम्म कार्य सम्पन्न गर्ने गरी कार्ययोजना बनाउने बताए ।

बैठकमा सांसदहरुले बिनाअध्ययन महत्वपूर्ण आयोजनाहरुको बजेट घटाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद प्रदीप पौडेलले पूर्वाधार क्षेत्रका बजेट कटौति गरेर प्राथमिकतामा नराखेको हो की भन्ने आभाष भएको बताए । उनले पुँजीगत खर्च नै कम भएको थाहा भएको भए त्यही अनुसार नै योजना बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै सांसद सीके राउतले पूर्वाधार अन्तर्गत छुट्टाइएको बजेटको बितरण समान हुन नसकेको बताए । उनले पहुँचका भरमा बजेट दिने कार्यले अन्य क्षेत्रमा अन्याय हुने उल्लेख गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले आगामी आर्थिक बर्षको बिनियोजित बजेटका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ४९ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व