विकासका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन सांसद सापकोटाको आग्रह | Khabarhub Khabarhub

विकासका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन सांसद सापकोटाको आग्रह


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा देखा परेका अन्तरविरोधलाई चुनौतीकारुपमा लिएर विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहितका शीर्षकको छलफलमा भाग लिँदै सांसद सापकोटाले परम्परागतरूपमा विदेश नीति सञ्चालन नगरी एकरूपता कायम गर्दै  सम्भावनाबीच अगाडि बढेर राष्ट्रलाई समुन्नतिमा लान सक्नुपर्ने माग गरे ।
उनले श्रम कूटनीतिलाई प्रभावकारी बनाउँदै रोजगारी सिर्जनामा लाग्न सुझाव दिए । सांसद सापकोटाले नीति तथा कार्यक्रमको मूल मर्मअनुसार बजेटमा संगति मिलाउन र संघीयतालाई प्राथमिकता दिन आग्रह गरे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : ४७ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा