ब्रेकिङ स्टोरी

राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका लागि समाजवादी मोर्चा युद्ध घोषणा हो : प्रचण्ड

By खबरहब

June 19, 2023

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका लागि युद्ध घोषणा भएको बताएका छन् ।

समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले मोर्चा घोषणा राजनीतिक परिवर्तनकाविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका हुन् । उनले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरूविरुद्धको युद्ध भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएको बताए । उनले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरूमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने उल्लेख गरे ।