करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु « Khabarhub

करेन्ट लागेर सिरहामा एक युवकको मृत्यु


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो ।

छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाराज भट्टले जानकारी दिए ।

मृतक कामैत धनगढीमाई नगरपालिका ५ का वडा अध्यक्ष रामजतन कामैतका छोरा हुन् । मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : २२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार