बुबाको मृत्युपछि बिचल्लीमा आशिष र अङ्कु « Khabarhub

बुबाको मृत्युपछि बिचल्लीमा आशिष र अङ्कु


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवारगिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन् ।

आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या गरेपछि विश्वकर्मा दाजुरबहिनी आशिष र अङ्कु बिचल्लीमा परेका छन् । बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अङ्कुको लालनपालन तथा शिक्षादीक्षाको व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको छ । आमाले छाडेर अर्कैसँगै पोइल गएको केही समयपछि बुबा दीपेश विश्वकर्माले पनि २०७९ साल चैतमा आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् । अङ्कु चन्द्रोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत रहेकी छन् भने आशिष सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्दागर्दै ट्र्याक्टर पछ्याउन थालेका हुन् ।

बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका ती बालबालिका नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासनले जनाएको छ । बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरू पुनः आफ्नै घरमा फर्किएको स्थानीय बासिन्दाले बताएका छन् । दीपेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेको जनाइएको छ । श्रीमतीले अर्कैसँग विवाह गरेर पोइल हिँडेपछि घर आएर कान्छी श्रीमती ल्याएका दीपेशले पुनः विदेश गएर घर फर्किएको वर्ष दिन नबित्दै आत्महत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

दुवैजना बुबाआमाविहीन बनेका विश्वकर्मा दाजुरबहिनीलाई व्यवस्थापन गर्न चुनौती रहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताए । “वडामा सीमित बजेट हुन्छ । वडा कार्यालयका तर्फबाट केही सम्बोधन गर्न सकिने अवस्था छैन । फेदीमा उनीहरूजस्तै धेरै बालबालिका समस्यामा छन्”, उनले भने, “बुबाआमा दुवै भएका बालबालिकाका लागिसमेत उपयुक्त ठाउँमा विद्यालय नहुँदा पठनपाठनमा समस्या छ । उनीहरू (आशिष र अङ्कु) को हकमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अङ्कु अहिले अरूले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन् । अरूको भरमा जीवन धान्दै आएका उनीहरू कतिपय समयमा भोकै रहनेको गरेको पाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ५५ बजे

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा