नेपालमा बङ्गलादेशी पर्यटक बढाउने पहल « Khabarhub

नेपालमा बङ्गलादेशी पर्यटक बढाउने पहल


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भित्रिने विदेशी पर्यटकको महत्वपूर्ण स्रोतबजारमध्येको बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले होटल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डल बङ्गलादेश प्रस्थान गरेको छ ।

बङ्गलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि हानका अध्यक्ष विनायक शाह नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बङ्गलादेश गएको हो । उक्त कार्यक्रम होटल सङ्घ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बङ्गलादेशसँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।

जुन २१ का लागि बङ्गलादेशको राजधानी ढाकामा तय गरिएको कार्यक्रममा त्यस देशका छुट्टाछुट्टै सहरका पर्यटन व्यवसायी, टुर अपरेटर तथा बङ्गलादेशी सरकारी अधिकारी, बङ्गलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा ‘बीटुबी’ कार्यक्रम आयोजना गरिएको हानले जनाएको छ ।

उक्त कार्यक्रमले बङ्गलादेशबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सकिने विश्वास हानले लिएको छ । साथै उक्त अवसरमा हान र बङ्गलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ४७ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित