नेपालमा बङ्गलादेशी पर्यटक बढाउने पहल « Khabarhub

नेपालमा बङ्गलादेशी पर्यटक बढाउने पहल


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भित्रिने विदेशी पर्यटकको महत्वपूर्ण स्रोतबजारमध्येको बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले होटल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डल बङ्गलादेश प्रस्थान गरेको छ ।

बङ्गलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण रहेको परिप्रेक्ष्यमा त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि हानका अध्यक्ष विनायक शाह नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बङ्गलादेश गएको हो । उक्त कार्यक्रम होटल सङ्घ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बङ्गलादेशसँगको सहकार्यमा आयोजना गर्न लागेको हो ।

जुन २१ का लागि बङ्गलादेशको राजधानी ढाकामा तय गरिएको कार्यक्रममा त्यस देशका छुट्टाछुट्टै सहरका पर्यटन व्यवसायी, टुर अपरेटर तथा बङ्गलादेशी सरकारी अधिकारी, बङ्गलादेशका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा ‘बीटुबी’ कार्यक्रम आयोजना गरिएको हानले जनाएको छ ।

उक्त कार्यक्रमले बङ्गलादेशबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सकिने विश्वास हानले लिएको छ । साथै उक्त अवसरमा हान र बङ्गलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ४७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर