ध्वजे डाँडामा २२ देशको झन्डा | Khabarhub Khabarhub

ध्वजे डाँडामा २२ देशको झन्डा


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ ।

गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए ।

आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने उनले जानकारी दिए ।पर्यटन मन्त्रालयको रु पाँच लाख, गाउँपालिकाको एक लाख २५ हजार र जनसहभागितामा उक्त झन्डा राखिएको हो ।

सूर्योदय हेर्न र घरबास सेवा (होमस्टे) का लागि प्रख्यात यो स्थान समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको छ । पूर्वी नेपालका हिमाल, पहाड र तराईका दृश्यहरू हेर्न सकिने ध्वजे डाँडा पूर्वी नेपालको सीमाङ्कनमा अक्षांश र देशान्तर निर्धारण गर्नका लागि आधार मानिन्छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : २९ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने