रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र « Khabarhub

रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र

समस्या समाधानको पहल भइरहेको म्यानपावरको भनाइ



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलाललाई मोटो रकम बुझाएर कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्।

काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिबाट कुवेत पुगेका पाँच नेपाली युवा विगत सात महिनादेखि सम्झौता अनुसारको काम नपाउदा अलपत्र परेका हुन्। मोरङ पथरीका विशाल लिम्बुका अनुसार म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ५० हजारदेखि ८० हजारसम्म बुझार त्यहाँ पुगेका उनी सात महिनादेखि काम नपाएर समस्यामा परेका हुन्।

‘हामी बाइक राइडरको लागि कुवेत आएका हौं, नेपालबाट म्यानपावरले पठाउदा एक महिनापछि तिमीहरुको काम सुरु हुन्छ। काम नभए पनि कम्पनीले तलब दिन्छ भनेको थियो’, लिम्बुले भने, ‘खै के भन्ने अहिलेसम्म लाइसन्स पनि दिएन। तलबको के कुरा गर्नु, खानै समस्या छ।’

कम्पनी अहिलेसम्म सिभिल आइडी नदिएको र दुई जना साथीलाई मात्र काम दिएको उनीहरुको भनाइ छ। बाइक राइडरका लागि आएका उनीहरुलाई कम्पनीले कार चलाउन लगाएको छ। सात महिनाको अन्तरालमा कम्पनीले दुई जनालाई मात्र एक–एक महिनाको तलब दिएको उनीहरुको भनाइ छ।

‘अहिलेसम्म हामी दुई जनाले मात्र तलब पायौं त्यो पनि एक महिनाको मात्र, एक जनाले ५० दिनार र अर्को जनाले ८० दिनार पाएका थियौं’, अर्का झापा धुलाबारीका सुरेन श्रेष्ठले भने, ‘त्यति पैसाले के खाने, हामी यहाँ अलपत्र अवस्था छौं, हामीलाई चाँडो उद्धार गर्नुहोस्।’

उनीहरुले राम्रो आम्दानी हुने लोभमा घरबाट सयकडा तीन रुपियाँले ऋण लिएर त्यहाँ पुगेको बताएका छन्। ‘घरबाट सयकडा तीन रुपियाँको ब्याजमा ऋण लिएर राम्रो कमाई हुने भन्दै यहाँ आएका थियौँ, यहाँ आएर न सम्झौता अनुसारको काम नै पाइयो न त दाम नै’, मोरङ मधुमल्लाका प्रेमबहादुर विश्वकर्माले भने, ‘यहाँ खानै समस्या छ, अब नेपाल फर्किएर कसरी ऋण तिर्ने हो ?’

आफूहरुले सम्झौता अनुसारको काम र दाम नपाएको भन्दै पटक पटक पठाउने म्यानपावर कम्पनीलाई जानकारी गराएको भए पनि म्यानपावरले अहिलेसम्म कुनै सुनवाइ नगरेको उनीहरुको गुनासो छ। पछिल्लो समय म्यानपावरले फोन उठाउन छोडेको र अलपत्र परेका सबै जनाको फोन ब्लक लिस्टमा आरोप लगाएका छन्।

यता कुवेतस्थित नेपाली दूतावासमालाई पनि आफूहरु समस्यामा परेको र सहयोग गर्न आग्रह गर्दा हुन्छ, हुन्छ भनेर टार्ने गरेको पीडितको गुनासो छ। उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्तालगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

अलपत्र पर्नेमा मोरङ पथरीका विशाल लिम्बु, झापा धुलाबारीका सुरेन श्रेष्ठ ,मोरङ मधुमल्लाका प्रेमबहादुर विश्वकर्मा, झापा गौरीगंजका नरेश वैश्य र पोखरा हेम्जाका लक्ष्मण लामिछाने रहेका छन्।

समस्या समाधानको लागि पहल भइरहेको छः म्यानपावर

आफ्नो कम्पनीमार्फत गएका युवा अलपत्र परेको बारे आफूहरु जानकार रहेको भन्दै लगिन इन्टरनेसनलका प्रतिनिधि राजन पोखेरलले समस्या समाधानको लागि पहल भइरहेको बताएका छन्।

पीडितहरुले भनेको कुरामा कुनै सत्यता नरहेको र कुवेतमा रहेको हेड अफिसले यी सबै कुरामा जानकारी राखेर समस्या समाधानको पहल गरिरहेको उनको भनाइ छ।

पोखेरेलले अब एक दुई दिन भित्रमा सबै तलब दिलाउने आश्वाशन दिए। पीडितको समस्या हल गर्न कुवेतस्थित नेपाली दूतावाससँग पनि म्यानपवारले निरन्तर सम्पर्कमा रहेको उनले बताए।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ४२ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री