सुनको मूल्य ६०० रुपैयाँ बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।  

यस्तै, आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । असार २९ गते चाँदीको मूल्य १ हजार ४ सय ८० रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : १३ बजे

शंकर पोखरेलले भने- अहिलेको गठबन्धन निर्वाचनसम्मै जान्छ, अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँछन्

महेन्द्रनगर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले

वर्णबास म्युजियम होटलले आईपीओ ल्याउने 

काठमाडौं– वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन २०२५’ भर्चुअल माध्यमबाट  सम्पन्न

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालले विश्वभरका नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत

सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु बैंक लिमिटेडको संस्थापक शेयधनीको नाममा रहेको संस्थापक शेयर