कञ्चनपुर भन्सार लक्ष्यअनुसार राजस्व संकलन भएन « Khabarhub

कञ्चनपुर भन्सार लक्ष्यअनुसार राजस्व संकलन भएन


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९-८० मा भन्सार कार्यालयले वार्षिक रु ५८ करोड ९० लाख राजस्व संकलनको लक्ष्य लिएको भए पनि रु ४२ करोड १० लाख मात्रै संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१.४ प्रतिशत राजस्व संकलन भएको जानकारी दिए । ‘आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो’, उनले भने, ‘मुलुकमा रहेको आर्थिक तरलताको असर पनि राजस्व संकलनमा परेको छ ।’

उनले अघिल्लो आवमा पनि रु ६ करोड राजस्व संकलन लक्ष्यभन्दा कम भएको बताए। अघिल्लो वर्ष भन्सारले रु ५२ करोड ७७ लाख राजस्व संकलन गर्नुपर्नेमा रु ४६ करोड २२ लाख संकलन गरेको थियो ।

गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्रीहरू भारतबाट आयात हुने गरेको छ । महाकाली नदीमा रहेको शारदा ब्यारेक (बनबासा पुल) सीमित समय खुल्ने गरेको र ठूला चारपाङ्ग्रे सवारीसाधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्यत्रजस्तो ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

यहाँ प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण भए यहाँ आर्थिक गतिविधिसमेत बढ्ने आशा गरिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : ५४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको