अध्यागमन कार्यालयले कामदारहरूलाई रोकेको घटनाप्रति आयोगको ध्यानाकर्षण  « Khabarhub

अध्यागमन कार्यालयले कामदारहरूलाई रोकेको घटनाप्रति आयोगको ध्यानाकर्षण 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका लागि कुवेत र जोर्डन प्रस्थान गर्न लागेका कामदारहरूको प्रस्थान अनुमतिमा लगाइएको रोकप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गरेको छ ।  

आयोगले एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले १५६ जना कामदारहरूलाई रोकेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

आकस्मिक रोकेको घटनाका विषयमा जिम्मेवार निकायहरूबीच सार्वजनिक रूपमै आरोप प्रत्यारोप भएको अवस्थाले ती निकायहरू श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुन नसकेको आयोगले जनाएको छ। 

आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका  कामदारहरूको आर्थिक क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : १५ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब