पूर्वराष्ट्रपति भण्डारीले हेरिन् ‘बगान’ « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले हेरिन् ‘बगान’


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएको नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन् । मंगलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको प्रतिक्रिया दिइन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘चलचित्र राम्रो बनेको रहेछ । कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ ।’

विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी थिए। 

चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अभिनेता श्रेष्ठले आफू भावुक बनेको बताए। उनले भने, ‘नारीले भोगिरहेको जीवनलाई पर्दामार्फत समाज र परिवारलाई बुझाउने प्रयास गरिएको छ । यो परिवारका सदस्यहरू एकसाथ आएर हेर्नुपर्ने चलचित्र बनेको छ ।’

उनी झैँ अभिनेता केसीले पनि चलचित्रले उठाएको विषयसँगै निर्देशक खनालको तारिफ गरे। ‘आफैँमा परिपक्व कलाकारले विषय छनोटमा पनि परिपक्वता देखाउनुभयो । धेरै ठाउँमा मैले आँसु नै रोक्न सकिनँ । नवअभिनेत्री कार्कीले राम्रो सम्भावना देखाउनु भएको छ’, अभिनेता केसीले भने । 

अभिनेता आचार्यले निर्देशकीय पाटोमा अभिनेता खनालको राम्रो सुरुआत भएको बताए। उनले भने, ‘कलाकारिताका तीन दशक बिताइसकेर निर्देशकीय यात्रा प्रारम्भ गर्दा धेरै कुरा सोच्नु पर्छ । यद्यपि खनालजीले आफ्नो अनुभवलाई पर्दामा देखाउन सफल हुनुभएको छ । यसका केही दृश्यले हृदयनै  छुन्छ ।’

आगन्तुकबाट  तारिफ पाउँदा निर्देशक खनाल उत्साहित हुनुहुन्थ्यो । ‘हाम्रो उद्देश्य सामाजिक विषयलाई पर्दामार्फत समाजसम्म  पुर्‍याउने थियो । सफल भएका छौँ । यो चलचित्र निर्माण गरेर सर्जकको दायित्व निर्वाह गरेका छौँ’, उनले भने। 

निर्देशक खनालले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि  चलचित्रको स्वरूप दिएको हो । चलचित्रमा नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ ।

स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्टडिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : ५० बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा