कांग्रेसमा अझै महिला नेतृत्व स्विकारिएको छैन : यादव « Khabarhub

कांग्रेसमा अझै महिला नेतृत्व स्विकारिएको छैन : यादव


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नांगिना यादवले पार्टीमा महिलाको नेतृत्व स्वीकार गर्न हिचकिचाउने अभ्यास अझै कायम रहेको बताएकी छन्। 

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै नेता यादवले सत्य युगमा महिलाको शासन रहेको सुनेर पूजा गर्ने समाजमा कलियुग आइपुग्दासमेत महिलाको नेतृत्व भने स्वीकार्य नहुनु अनौठो कुरा भएको बताइन्। 

‘पार्टीभित्र क्षमता र प्रतिस्पर्धा गर्न सक्ने सक्षम महिलाहरू धेरै छन्। तर उनको नेतृत्व पार्टीले स्वीकारेको छैन। जबकि सत्य युगमा अर्थमन्त्री लक्ष्मी हुनुहुन्थ्यो, शिक्षामन्त्री सरस्वती हुनुहुन्थ्यो, रक्षामन्त्री दुर्गा हुनुहुन्थ्यो, त्यो सत्ता हाम्रो लागि अहिले पनि पूजनीय छ,’ उनले अघि भनिन्, ‘अहिले कलियुगमा भने महिलाको नेतृत्व स्वीकार्न तयार भएको अवस्था छैन। पार्टीमा गाउँदेखि केन्द्रसम्म महिलाको नेतृत्व स्विकारिएको छैन।’

उनले महिलालाई पार्टीको मूलधारमा ल्याएर नेतृत्वमा नपुर्‍याए पार्टी झन् कमजोर बन्न सक्ने बताइन्।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : २२ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर