नेपाली सेनाको संख्या कटौतीको निरर्थक बहस अनुचित, रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रपा « Khabarhub

नेपाली सेनाको संख्या कटौतीको निरर्थक बहस अनुचित, रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रपा


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली सेनाको विषयमा अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै योजनाबद्ध रुपमा नेपाली सेनाको संख्या घटाउने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा केही स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै सेनाको सङ्ख्याबारे आएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको र यसबारे राप्रपा बहस गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठितम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिन नहुने राप्रपाको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमासमेत अलग पहिचान बनाएको नेपाली सेनाले विकास निर्माण सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चुनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तोमा सेनाको सङ्ख्याबारे बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक रहेको राप्रपाको ठहर छ ।

देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई स्वीकार गर्न नसकिने राप्रपाले जनाएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : २५ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर