सीता दाहालको निधनप्रति ६ किसान संगठनद्वारा दु:ख व्यक्त « Khabarhub

सीता दाहालको निधनप्रति ६ किसान संगठनद्वारा दु:ख व्यक्त


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कम्युनिष्ट पार्टी निकट छ किसान संगठनले संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन् ।

२०११ साल असार २१ गते कास्कीको हेम्जमा जन्मेकी दाहालको निधनप्रति ६ किसान संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन् ।

चित्रबहादुर श्रेष्ठ नेतृत्वको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बास्कोटा नेतृत्वको अखिल नेपाल किसान महासंघ, भैरवराज रेग्मी नेतृत्वको अखिल नेपाल किसान महासंघ आप्फा, सीताराम तामाङ नेतृत्वको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लोकनारायण सुवेदी नेतृत्वको अखिल नेपाल किसान युनियन र दुर्गाप्रसाद जैसी नेतृत्वको अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकाल्दै सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

उनीहरुले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ३७ बजे

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण