अब भारतको कश्मीरमा पनि टर्किस आइसक्रिम खान पाइने | Khabarhub Khabarhub

अब भारतको कश्मीरमा पनि टर्किस आइसक्रिम खान पाइने


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- मिष्ठान्नको क्षेत्रमा विश्वमा बेग्लै पहिचान बनाएको टर्किस आइसक्रिम अब भारतको कश्मीरमा पनि पाइने भएको छ । भारतको जम्मु कश्मीरको राजधानी श्रीनगरमा दुई जना युवा उद्यमी आबिद नसिर र मोइन ऐयुबले टर्किस आइसक्रिमको बिक्री गर्न थालेको हुन् ।

परम्परागत रुपमा बिक्रेताले ग्राहकलाई लामो लौरोका माध्यमबाट कलात्मक रुपमा टर्किस आइसक्रिम बिक्री गर्ने गरेका छन् ।

पछिल्लो समय श्रीनगरमा रहेको सिटी मलमा उनीहरुले थालेको पसलमा टर्किस आइसक्रिमको स्वाद चाख्न र आइसक्रिम बिक्रेताको कला हेर्ने मानिसहरुको भीड लाग्ने गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

परम्परागत टर्की आइसक्रिम स्वादका साथै यसको लचिलो र मुलायमपनका कारण पनि चर्चित रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : १३ बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।