पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक « Khabarhub

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक


२ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । 

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको हो ।

पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएकोमा दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् ।

सो प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ९ : ११ बजे

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।