धादिङमा बस दुर्घटना, २६ जना घाइते, तीनको अवस्था गम्भीर | Khabarhub Khabarhub

धादिङमा बस दुर्घटना, २६ जना घाइते, तीनको अवस्था गम्भीर


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर रहेको छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ९ : ४७ बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।