भोलिदेखि संसद खुल्नेमा आशावादी छु : प्रधानमन्त्री « Khabarhub

भोलिदेखि संसद खुल्नेमा आशावादी छु : प्रधानमन्त्री


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै एक महिनादेखि अवरुद्ध संसद भोलिदेखि हट्ने बताएका छन् ।

आज स्वर्गीय रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले पहल भइरहेका भोलिदेखि अवरोध हट्ने विश्वास व्यक्त गरे ।

उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरुलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजी बालुवाटार नै आउनु भयो र उहाँसँग कुरा भएको छ, आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ, भोलि सदन खुल्छ ।’

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १२ : २० बजे

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह