आसाम प्रहरीद्वारा चार करोडको प्रतिबन्धित औषधि बरामद | Khabarhub Khabarhub

आसाम प्रहरीद्वारा चार करोडको प्रतिबन्धित औषधि बरामद


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

करिमगञ्ज– आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद गरेको छ ।

आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । “लागूऔषध विरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,” अभियुक्तविरुद्ध प्रारम्भिक कानुनी कारवाही थालिएको जानकारी दिँदै करिमगञ्ज जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक प्रताप दासले भनेका छन् । 

यसअघि पनि करिमगञ्ज जिल्लामा  खोकीको प्रतिबन्धित सिरफका ३१ हजार बोतल जफत गरिएको थियो । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : १९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको