मेची नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु | Khabarhub Khabarhub

मेची नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– मेची नदीमा डुबेर एक १३ वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ स्थित भानुनगर निवासी विनोद महतोको छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएकोमा भद्रपुर नगरपालिका-५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको हो।

उनीसँगै अर्का बालक पनि डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरेका थिए। वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : १९ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।