‘सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो’ « Khabarhub

‘सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो’


२ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भैरहवा– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले  चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् । उनले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे। 

नेपाली कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कांग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै उनले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको जिकिर गरे । कांग्रेस क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपतिदेखि चारवटा प्रदेशमा नेतृत्वसमेत गरेको बताए। 

‘प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेससहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा सङ्घदेखि प्रदेशसम्म अभियान चलायौँ’, उनले भने, ‘यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धि समीक्षाको विषय हुनुपर्छ, केही कमी–कमजोरी भए यसलाई सच्याउनुपर्छ ।’

मन्त्री खड्काले सङ्घले बनाउनुपर्ने सबै सङ्घीय ऐनहरूलाई सरकारले प्राथमिकतामा राखेर यसै अधिवेशनमा संसद्मा लैजाने बताए। उनले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र सङ्घीय प्रहरी ऐन, समानान्तररूपमा अगाडि बढेको र चाँडै नै संसद्मा पेस गरिने बताए। 

उपप्रधानमन्त्री खड्काले ढिलोमा आठ-दश दिनभित्र सङ्घीय शिक्षा ऐन पनि संसद्मा जाने बताए। उनले आवश्यक ऐन सके यसै अधिवेशनमा एवं अन्यलाई हिउँदे अधिवेशनमा पेस गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको बताए। ऐनहरू संसद्मा पेस गर्नुअघि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी अगाडि बढ्ने उनले बताए। 

भैरहवामा सम्पन्न भएको कार्यक्रममा कांग्रेसका कार्यकर्ताले निर्वतमान पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई नियतवश फसाइएको बताउँदै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । सरकारमा कांग्रेस रहे पनि खाँणलाई चाहिने आवश्यक सहयोग नगरेको कार्यकर्ताको गुनासो थियो । 

कांग्रेसका उपसभापतिसमेत रहनु भएका खड्काले भने, ‘जिम्मेवारीमा रहेका नेतासँग जनताको गुनासो छ । आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौँ ।’

प्रकाशित मिति : २ भदौ २०८०, शनिबार  ७ : ४४ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा