कर्मचारी अभावले इलाका प्रशासन कार्यालय बन्द, सेवाग्राही मर्कामा « Khabarhub

कर्मचारी अभावले इलाका प्रशासन कार्यालय बन्द, सेवाग्राही मर्कामा


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खलीसर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । 

लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउनसमेत पाएका छैनन् । कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले  आफूहरू समस्यामा परेको अदानचुली गाउँपालिका–२ तुम्च गाउँका भक्त कुलालले गुनासो गरे । भाइबुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको उनको भनाइ थियो । 

तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आइपुगेका सेवाग्राहीलाई कार्यालयमा कर्मचारी नहुँदासास्ती खेप्नु परेको कुलालले बताए। कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो भने नागरिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो तर त्यो पनि नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । उनले भने, ‘बच्चासहित नागरिकता बनाउन आएकी मेरी भाइबुहारीले नागरिकता बनाउन पाइनन् अब दुई दिनको पैदलै सिमकोट पुग्नुपर्ने भयो ।’

गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ  तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापरबाही भएको हो । जसका कारण नागरिकतासमेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयवासीको थियो ।  

सदरमुकाम सिमकोट पुग्न दुई/तीन दिन लाग्छ । पहिराले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन, स्थानीयवासी दन्तराज कटुवालको दुखेसो व्यक्त गरे। उक्त कार्यालयका लागि गाउँपालिकाबाट सिफारिस ल्याएका उनले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भएकाले कार्यालयप्रति आक्रोश व्यक्त गरे।

नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता भएका ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँका केशबहादुर रोकायाले पनि गुनासो गर्दै  इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द भएकाले खर्च मात्रै भयो, नागरिकता बनेन । 

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो। 

उनले भदौ १ देखि ७ गतेसम्म सर्केगार्ड बसेर छवटा नागरिकता बनाए जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १ : १२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका