कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड « Khabarhub

कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवं संविधान दिवस, २०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा वत्ताले कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । 

देशले प्राप्त गरेको सबै उपलब्धिको नेतृत्वकर्ता कांग्रेस संगठित भएर अघि बढ्नु पर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मीले गुटउपगुट छाडेर कांग्रेसलाई संगठित बनाउनु पर्नेमा जोड दिए । 

जिल्ला सभापति राजेश्वर खनालले संविधानको रक्षाका लागि कांग्रेस सधैँ एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा स्व. गणेशमान सिंहको जीवनीको बारेमा प्रकाश पार्दै डा ईश्वरी लौडारीले परिवर्तनका संवाहकका रुपमा सिंहलाई लिन सकिने बताए । सिंहले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको पनि उनले चर्चा गरे ।

पूर्व न्यायाधीश नन्दलाल महतोले समावेशिता नहुँदा आफूजस्ता २८ न्यायाधीशले बीचमै जागिर छोड्नु परेको उल्लेख गर्दै अब आफूले जस्तो अन्याय कसैले भोग्न नपर्ने बताए ।

सोही अवसरमा अधिवक्ता उद्धव लोहनीले वर्तमान संविधानले दिएको उपलब्धीका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : १२ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली