कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड « Khabarhub

कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवं संविधान दिवस, २०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा वत्ताले कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । 

देशले प्राप्त गरेको सबै उपलब्धिको नेतृत्वकर्ता कांग्रेस संगठित भएर अघि बढ्नु पर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मीले गुटउपगुट छाडेर कांग्रेसलाई संगठित बनाउनु पर्नेमा जोड दिए । 

जिल्ला सभापति राजेश्वर खनालले संविधानको रक्षाका लागि कांग्रेस सधैँ एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा स्व. गणेशमान सिंहको जीवनीको बारेमा प्रकाश पार्दै डा ईश्वरी लौडारीले परिवर्तनका संवाहकका रुपमा सिंहलाई लिन सकिने बताए । सिंहले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको पनि उनले चर्चा गरे ।

पूर्व न्यायाधीश नन्दलाल महतोले समावेशिता नहुँदा आफूजस्ता २८ न्यायाधीशले बीचमै जागिर छोड्नु परेको उल्लेख गर्दै अब आफूले जस्तो अन्याय कसैले भोग्न नपर्ने बताए ।

सोही अवसरमा अधिवक्ता उद्धव लोहनीले वर्तमान संविधानले दिएको उपलब्धीका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : १२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने