समाचार

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थपियो 

By खबरहब

September 19, 2023

काठमाडौं– सरकारले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि तीन वर्ष थपिदिएको छ ।

असोज १ गतेदेखि अवकाशमा जान लागेका माओवादीका पूर्वलडाकु समेत रहेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो । धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।

रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

‘उनको विशेष पद सिर्जना गरेर सहायक रथीमा पदोन्नति भएको थियो । यसअघि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा अधिकारीको पदावधि थपिएकोबारे जानकारी दिएकी थिइनन् ।

माओवादी लडाकुहरुको सेनामा समायोजन हुँदा अधिकारीले महासेनानीको दर्जा पाएका थिए ।