संविधानको कार्यान्वयनमा तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे « Khabarhub

संविधानको कार्यान्वयनमा तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको कार्यान्वयनका लागि तीनवटै तहको सहकार्य आवश्यक भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।

यसका लागि सङ्घीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उनको भनाइ छ । संविधानको भावनलाई जनजीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको बताए ।

“लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्ति, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका व्यक्तिप्रति उच्च सम्मानसहित स्मरण गर्दछु”, सन्देशमा उल्लेख छ ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सन्देशमा संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित गर्नाका साथै जनता राज्यशक्तिको स्रोत भएको बताए । संविधानले निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ४ : ५७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल