विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १९ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतद्वारा क्यानडाका कूटनीतिज्ञ निष्कासित
भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा रहेका क्यानडाका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँ दिल्लीले निष्कासन गरेका क्यानडनका कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानडाका कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन् । विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकस्मिक बैठकमा हरदी पसिंह निज्जरको हत्यामा नयाँ दिल्ली संलग्न रहेको आरोप लगाएका थिए । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतका विरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए ।

‘प्रधानमन्त्री ट्रुडोको आरोप आधारहीन छ’

क्यानाडास्थित कार्लटन विश्वविद्यालयका प्राध्यापक एवं विदेश नीति विशेषज्ञ विवेक देहेजियाले मङ्गलबार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतविरुद्ध आधारहीन  आरोप लगाएको र त्यसको विश्वसनीयता शून्यप्रायः भएका टिप्पणी गरेका छन् । 

‘हामीले सबुद–प्रमाण नदेखेसम्म प्राप्त जानकारीलाई आँखा चिम्लेर सत्य मान्न नसकिने बताउँदै प्राध्यापक देहेजियाले लोकतन्त्रमा विश्वास गर्ने विकसित पश्चिमा देशको नेताले स्वतन्त्र भारतको इतिहासमा यस किसिमको आरोप पहिलो पटक लगाएको बताउँदै यसअघि यति उच्चस्तरमा  भारतले क्यानडाको आन्तरिक मामिलामा षड्यन्त्र गरेको नसुनेको जनाएका छन् ।

एनआईसँगको कुराकानीमा प्राध्यापक देहेजियाले क्यानडाली जनता वा विश्वका जनतालाई प्रधानमन्त्रीले गरेको दाबीबारे कुनै जानकारी नदिइएको बताए । क्यानाडाको सुरक्षा खुफिया सूचनाका आधारमा प्रधानमन्त्रीले लगाएको आरोप पुष्टि नभएको त्यसमा आधार भएको मान्न नसकिने उनले बताएका छन् । उनले भनेका छन्– प्रधानमन्त्रीको आरोपमा विश्वसनीय आधार छैन । 

क्यानडाका प्रधानमन्त्री ट्रुडोले सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउनुभएको थियो जसलाई नयाँदिल्ली निराधार भन्दै त्यसको खण्डन गरको थियो । 

भारतमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा गोली हानेर हत्या गरिएको थियो । पञ्जाबको जालन्धरको भारसिंहपुर गाउँका निज्जरलाई राष्ट्रिय अनुसन्धान निकाय (एनआई) ले फरार घोषणा गरेको थियो । 

काराबाख सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई इयूको आग्रह

युरोपेली सङ्घ (ईयू) ले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । मिचेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट आज विनाशकारी समाचार आइरहेको छ ।’ 

‘बाकुकाराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्छ,’ उनले भने । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, ‘ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछ ।’ 

बोरेलले भने, “यो सैन्य वृद्धिलाई स्थानीय जनसङ्ख्याको पलायनलाई बाध्य पार्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन । ‘शान्ति र सामान्यीकरण वार्ताका लागि अनुकूल वातावरण प्रदान गर्न हिंसा रोक्न आवश्यक छ ।’

ईयूले अजरबैजान र आर्मेनियासँग वार्ताको मध्यस्थता गरेको छ जसको उद्देश्य पूर्व सोभियत सङ्घका शत्रुहरूबीच स्थायी शान्ति सुनिश्चित गर्नु हो । 

अजरबैजानले पर्वतीय क्षेत्रमा आर्मेनियासँग छोटो तर क्रूर युद्ध लडेको लगभग तीन वर्षपछि नागोर्नो–काराबाख क्षेत्रमा मङ्गलबार ‘आतंकवाद विरोधी अभियान’ सुरु गरेको छ ।

बेल्ट एण्ड रोड फोरममा एक सय दश देश सहभागी हुँदै

आगामी महिना चीनमा आयोजना हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् । 

आगामी अक्टोबरमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा एक सय १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने जानकारी सम्बन्धित देशबाट प्राप्त परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङलले मङ्गलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा बताइन् । 

प्रवक्ता माओका अनुसार ‘बेल्ट एण्ड रोड फोरम’अन्तर्गत उद्घाटन समारोह, ‘कनेक्टिभिटी’, हरित विकास र ‘डिजिटल’ अर्थतन्त्रसम्बन्धी तीनवटा उच्चस्तरीय बैठक,  सहज व्यापार, जनस्तर एवं विद्वत् व्यक्तित्व आदानप्रदानलगायत अन्य छ वटा विषयमा छलफल हुनेछ । 

विश्व ब्याङ्कले सन् २०३० सम्ममा बिआरआई यातायात पूर्वाधार पूर्ण रूपमा कार्यान्वयन भएमा विश्वव्यापी वास्तविक आयमा ०.७ प्रतिशतले योगदान भई करिब ७६ लाख जनतालाई चरम गरिबीबाट हटाउन सकिने जनाएको प्रवक्ता माआले बताइन् । फोरमको तयारी द्रुत गतिमा भइरहेको छ ।

बारुदी सुरुङमा छ जना मारिए

नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । 

अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा  भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ । आर्मेनियासँगको तनाव बढ्दै गएका बेला यस्ता आततायी गतिविधि विध्वंसमा संलग्न समूहले गराएका प्रहरीले बताएको छ ।

सुरक्षा निकायहरूका अनुसार खोड्झाभेन्स्की जिल्लामा मङ्गलबार बिहान सबेरै दुईजनाको मृत्यु भएको  तथा अतिवादी समूह  आर्मेनियाली सशस्त्र बलले निर्माणाधीन सुरुङ मार्गमा  राखेको विष्फोटक पदार्थमा प्रहरीको गाडीले कुल्चिँदा चार जना प्रहरी अधिकारीको घटनास्थलमा ज्यान गएको हो । 

आर्मेनियाली सशस्त्र बललाई अजरबैजानले आतङ्कवादी समूह मानेको छ । आर्मेनिया र अजरबैजान तत्कालीन सोभियत सङ्घबाट टुक्रिएपछि बेग्लाबेग्लै देशका रुपमा अस्तित्वमा आएका हुन् । 

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु
संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् ।

‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन् । ‘हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,’ रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ ।

विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन ।

गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सन् २०११मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियोभने अन्य ६० जना घाइते भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : ५८ बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा