कांग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्वलाई दबाब दिने « Khabarhub

कांग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्वलाई दबाब दिने


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिने भएको छ ।

आसन्न केन्द्रीय समिति बैठकअघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५ औं महाधिवेशन गर्ने तयारीलगायतका विषयमा नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस नेता दिलेन्द्र प्रसाद बडूले यसअघिको कार्यसमितिबाट पारित गरेको कार्यतालिकाको समिक्षा हुनुपर्ने र भएका कमीकमजोरीका बारेमा सुधार गरेर जाने विषयमा छलफल भएको बताए । उनले महासमितिको एजेण्डा तथा महाधिवेशनका लागि क्रियाशिल सदस्यको विषयलाई टुङ्गाउनका लागि तयारीबारे छलफल भएको जानकारी दिए ।

त्यस्तै, अहिलेको सन्दर्भमा सरकारले राम्रो काम गर्नुपर्ने र सन्तोषजनक अवस्था नरहेकाले जनता केन्द्रीत काम गर्नुपर्नेमा बैठकको जोड रहेको उहाले बताए ।

त्यस्तै कांग्रेस नेता सञ्जय गौतमले पार्टी र सरकारको कार्यसम्पादन प्रभावकारी बनाउनका लागि केन्द्रीय समितिमा ध्यानाकर्षण गराउने बताए । उनले कोशी प्रदेशमा पनि सरकार गठन गर्दा कांग्रेसले लिएको निर्णय न्यायसंगत नभएको निष्कर्ष रहेको जिकिर गरे ।

कोइराला समूहले विभिन्न विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने जनाएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक असोज ४ गते बोलाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ८ : ०३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ