नागोर्नो-काराबाखमा सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह | Khabarhub Khabarhub

नागोर्नो-काराबाखमा सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ ईयूले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ ।

पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट विनाशकारी समाचार आइरहेको भन्दै ईयूले बाकु र काराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्ने जनाएको हो ।

ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछ ।”

बोरेलले भने, “यो सैन्य वृद्धिलाई स्थानीय जनसङ्ख्याको पलायनलाई बाध्य पार्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन ।

“शान्ति र सामान्यीकरण वार्ताका लागि अनुकूल वातावरण प्रदान गर्न हिंसा रोक्न आवश्यक छ ।”

ईयूले अजरबैजान र आर्मेनियासँग वार्ताको मध्यस्थता गरेको छ जसको उद्देश्य पूर्व सोभियत सङ्घका शत्रुहरूबीच स्थायी शान्ति सुनिश्चित गर्नु हो ।

अजरबैजानले पर्वतीय क्षेत्रमा आर्मेनियासँग छोटो तर क्रूर युद्ध लडेको लगभग तीन वर्षपछि नागोर्नो–काराबाख क्षेत्रमा मङ्गलबार ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ८ : ३७ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु