‘प्रयोगकर्ता तथा आम सर्वसाधारणलाई सहज हुनेगरी नक्साङ्कन गर्नुपर्छ’ « Khabarhub

‘प्रयोगकर्ता तथा आम सर्वसाधारणलाई सहज हुनेगरी नक्साङ्कन गर्नुपर्छ’


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित ‘एड्रेसिङ सिस्टम इन नेपाल, स्ट्यान्डर्डाइजिङ मेथड्स, ब्रिजिङ ग्याप्स एण्ड एक्सप्लोरिङ अपर्चुनिटिज’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने सरोकारवालाहरुले डिजिटल प्रविधिबाट नक्साङ्कन गर्दा प्रयोगकर्ता एवम् आम सर्वसाधारणलाई सहज हुनेगरी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै ओपन स्ट्रिट म्यापका भूगोलविद् आइभान गेटिङले डिजिटल प्रविधिबाट ठेगाना निर्धारण गर्ने प्रणालीलाई अझ सुधार गर्नुपर्ने बताए । कार्यक्रममा उनले नक्साङ्कनका माध्यमबाट आम सर्वसाधारणमा मानवीय सुविधाको पहुँच पुर्‍याउन सहज हुने धारणा राखे ।

त्यसैगरी, कार्यक्रममा सहभागी हुलाक सेवा विभागका प्रतिनिधि दयानिधि लोहनीले हुलाक सेवाले पछिल्लो समय गुगलको प्लस कोड प्रयोग गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा इन्जिनियर, विभिन्न स्टार्टअप कम्पनीका प्रतिनिधिहरु, स्थानीय तहका प्रतिनिधिहरु, नक्साङ्कनसम्बद्ध सरोकारवालाहरु, सहरी पूर्वाधारका विज्ञहरु, पत्रकार तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ३६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको