सीमावर्ती वडाका वडाध्यक्षहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम | Khabarhub Khabarhub

सीमावर्ती वडाका वडाध्यक्षहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बडा दशैंलगायतका चाडपर्वको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा भारत–चीन अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवात गरी सशस्त्र प्रहरी बलले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग कार्तिक १ गते शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालको बाहिनी मुख्यालयहरुमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बदलिँदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह, सीमावर्ती अपराध तथा गैह्र कानूनी क्रियाकलापहरुलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचानलगायत सीमावर्ती ईलाकाका समुदाय तथा बासिन्दासँग निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको उपस्थितिमा मधेश प्रदेशस्थित न २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न कार्यक्रममा सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती ईलाकाका सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल, नेपालको औचित्यता प्रष्ट पार्दै राज्यद्वाराप्रदत्त कार्यादेशमध्ये देशको अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताए ।

यसैगरी कोशी प्रदेशस्थित नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको उपस्थितिमा सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

कोशी प्रदेशको भारत र चीनसँग सीमा जोडिएको ८३, मधेश प्रदेशको १ सय ४३,  बाग्मती प्रदेशको २३, गण्डकी प्रदेशको १८, लुम्बिनी प्रदेशको ८९ र सुदूरपश्चिम प्रदेशको ७८ वटा वडाका अधिकांश वडाअध्यक्षहरु उपस्थिती रहेको थियो ।

गण्डकी प्रदेशको मुस्ताङ, मनाङ र गोर्खाका सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग प्रत्यक्ष भिडियो मार्फत अन्तरक्रिया गरिएको थियो भने कर्णाली प्रदेशस्थित सीमावर्ती वडाका वडाध्यक्षहरुसँग निकट भविष्यमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको छ ।

सशस्त्र प्रहरी बल, नेपालले अन्तर्राष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुको संयोजकत्वमा ३ सय २६ वटा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको र यसलाई थपा प्रभावकारी बनाउन ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रममा उपस्थित वडाका वडाध्यक्षहरुले सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा व्यवस्थापन भएका गतिविधिको सराहना गर्दै सीमामा देखा परेका समस्या, स्थानीय जनताले भोग्नुपरेका कठिनाईलगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १ : ३३ बजे

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत

इनरुवा- जिल्ला सदरमुकाम इनरुवा–२ का रवीन्द्र यादवले इनरुवा–२ मा दुग्ध

अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेगावाट बिजुली उत्पादन गर्ने

वासिङ्टन– विश्वका धेरै देश अहिले ‘नक्कली सूर्य’ बनाउनमा व्यस्त छन्

मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह

भोजपुर – सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल

दलहरूको छलफलबाट मात्रै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक

बाढी पहिरोले बन्द माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा

दोलखा– गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको