एनआरएनएको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, तीनजनाबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

एनआरएनएको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, तीनजनाबीच प्रतिस्पर्धा


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् ।

निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसीमा तोकिएको छ ।

अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्यासी रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन् । अध्यक्षका प्रत्याशी तीनै जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

एनआरएनएको ११औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

७४ पदका लागि संसारभरबाट एक सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजना बीच प्रतिस्पर्धा हुँदैछ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ ।

अधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ३४ बजे

एडीबीले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

ढाका- एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशलाई ४० करोड अमेरिकी

ब्राउन सुगरसहित एक युवक पक्राउ

सप्तरी– सप्तरीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता

लमजुङ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा

बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो : सिँचाइमन्त्री बस्नेत

बेनी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट

हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित तीन जना पक्राउ

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई