एसीसी यू–१९ प्रिमियर कप : साउदी अरबविरुद्ध नेपाल ब्याटिङमा  | Khabarhub Khabarhub

एसीसी यू–१९ प्रिमियर कप : साउदी अरबविरुद्ध नेपाल ब्याटिङमा 


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा अहिले  नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र साउदी अपराजित छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकाले दुवै टोली दबाबमा छन् ।

समूह ए मा रहेका नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईदुई खेल जितिसकेका छन् । दुई खेलबाट समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा छ भने साउदी दोस्रो स्थानमा छ ।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसीसी एसिया कपमा स्थान बनाउनेछ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : ०५ बजे

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ

आजको मौसम कस्तो छ ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर २१ गते) बिहीबारका

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

आज २०८० साल मंसिर २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २१ गते बिहीबार ।