खेलकुद

एसीसी यू–१९ प्रिमियर कप : साउदी अरबविरुद्ध नेपाल ब्याटिङमा 

By खबरहब

October 19, 2023

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा अहिले  नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बान्गीमा जारी खेलमा टस जितेर साउदी अरेबियाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

जारी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र साउदी अपराजित छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकाले दुवै टोली दबाबमा छन् ।

समूह ए मा रहेका नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुईदुई खेल जितिसकेका छन् । दुई खेलबाट समान ४ अंक भए पनि नेट रन रेटका आधारमा नेपाल शीर्षस्थानमा छ भने साउदी दोस्रो स्थानमा छ ।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसीसी एसिया कपमा स्थान बनाउनेछ ।