बेलायतका प्रधानमन्त्री सुनक आज इजरायल पुग्दै « Khabarhub

बेलायतका प्रधानमन्त्री सुनक आज इजरायल पुग्दै


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तेल अबिव– बेलायती प्रधानमन्त्री ऋषि सुनक आज इजरायल पुग्दैछन् । अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेको भोलिपल्ट बेलायती प्रधानमन्त्री सुनक पनि पुग्न लागेका हुन् ।

बेलायती प्रधानमन्त्री सुनक इजरायलमा भएको आतंकवादी हमलाकाबीच आज तेल अबिवमा अवतरण गर्नेछन् । जहाँ उनले आफ्ना समकक्षी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नेछन् ।

सो क्रममा  सुनकले इजरायलका प्रधानमन्त्री नेतान्याहुका साथै इजरायली राष्ट्रपति इसाक हर्जोगलाई भेटवार्ता गर्नेछन् । उनले यस क्षेत्रको दुई दिने भ्रमणका क्रममा अन्य देशको पनि भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

डाउनिङ स्ट्रिटका अनुसार सुनकले ‘हमासको क्रूर आतंकवादी हमलाको परिणाम स्वरूप इजरायल र गाजामा भएको भयावह जनधनको क्षतिको लागि शोक व्यक्त गर्नेछन्।’

प्रधानमन्त्रीले गाजामा प्रवेश गर्ने मानवीय सहायताको मार्ग जति सक्दो चाँडो खोल्न र त्यहाँ फसेका बेलायती नागरिकहरूलाई छोड्नका लागि पनि दबाब दिने छन्।

उता, विदेशमन्त्री जेम्स क्लिभरलीले आगामी केही दिनमा इजिप्ट, टर्की र कतारको भ्रमण गर्दैछन् ।

बेलायती अधिकारीहरूले यो पनि औंल्याएका छन कि रक्षा सचिव ग्रान्ट शाप्सले बुधवार वाशिंगटनमा आफ्ना अमेरिकी समकक्ष लोयड अस्टिनलाई उनीहरूको दृष्टिकोण समन्वयन गर्नका लागि भेटवार्ता गरेका छन् ।

उता, बाइडेन इजरायल पुगे पछि इरान माथि थप प्रतिबन्ध लगाउने घोषणा गरिएको थियो । इजरायल र हमास युद्धका बीच अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल र यूएभीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको बताएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ५१ बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा