अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि « Khabarhub

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि


२ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । 

भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा  हुन लागेको हो ।

प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज, भारतको कोलकत्ताको क्लाइभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बस्नेतले बताए । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : २१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर